सिङ्गो विद्यालय पहिरोको उच्च जोखिममा

सिङ्गो विद्यालय पहिरोको उच्च जोखिममा
पहिरोको उच्च जोखिममा रहेको जनक आधारभूत विद्यालयका भवनहरू।
+
-
देशसञ्चार AI सारांश
  • जनक आधारभूत विद्यालय भिरालो र पहिरो जाने प्रकृतिको भू-भागमा रहेकाले पहिरोको उच्च जोखिममा छ।
  • विद्यालयको वरिपरि ग्याबिन जालीले सुरक्षा गर्न खोजिए पनि ठूलो पहिरोबाट जोगिन कठिनाई भइरहेको छ।
  • पहिरोको त्रास सधैं रहने भएकाले अभिभावकले विद्यालय सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

हुम्ला- ताँजाकोट गाउँपालिका- १, जिमानास्थित जनक आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ। विद्यालय स्थापना गरिएको भू-भाग नै भिरालो र पहिरो जाने प्रकृतिको भएकाले विद्यालय सधैं जोखिममा रहँदै आएको हो।

विद्यालय स्थापना भएदेखि नै उक्त क्षेत्रमा वर्षेनी पहिरो जाने समस्या रहेको वडा अध्यक्ष मोहनलाल रिठालले बताए। उनका अनुसार हरेक वर्ष वर्षायाममा विद्यालय नजिकै पहिरो जाने मात्र नभई विद्यालयमाथिको भिरालो जमिनबाट ढुंगा खसेर विद्यालय परिसरभित्र आउने गरेको छ।

उनले भने, “धेरै पानी परेका बेला विद्यालयसमेत बन्द गर्नुपर्ने अवस्था आउँछ। आवश्यक भवनको समस्या नभए पनि पहिरोको जोखिमले सधैं चिन्तित बनाइरहेको छ।”

उनका अनुसार विद्यालयमाथिको भीरमा काँडागाउँ जाने सडक निर्माण गरिएपछि जोखिम झन् बढेको छ। बालविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालय जिमाना क्षेत्रकै बढी जोखिमयुक्त स्थानमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक पदमलाल रिठालले बताए।

हाल विद्यालयमा सबै कक्षा गरी १३० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयका पाँचवटा भवनलाई पहिरोबाट जोगाउन ग्याबिन जालीसहित घेरबार गरिएको भए पनि जोखिम पूर्ण रूपमा हट्न सकेको छैन। ग्याबिन जालीले साना पहिरोबाट केही हदसम्म संरक्षण गरे पनि भिरालो भू–भाग र पटक–पटक पहिरो गइसकेकाले ठूलो पहिरोबाट विद्यालय जोगाउन कठिन हुने अवस्था रहेको प्रधानाध्यापक रिठालले बताए।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विद्यालय परिसरमा ग्याबिन जालीसहित घेरबार गरिएको छ। तर पनि शिक्षक, विद्यार्थी र अभिभावकमा पहिरोको त्रास कायम रहेको स्थानीय छप्कीलाल खड्काले बताए।

उनका अनुसार विद्यार्थी विद्यालय आउजाउ गर्ने मुख्य बाटोमै पहिरो जाने भएकाले थप जोखिम र त्रास बढेको छ।

करिब १२ वर्षअघि उक्त क्षेत्रमा पहिरो जान सुरु भएको थियो। त्यसबेला पहिरोले विद्यालयमा क्षति पुर्‍याएको थियो। त्यसयता हरेक वर्ष पहिरो जाने र घरबारमा समेत क्षति पुर्‍याउने क्रम जारी रहेको छ।

पहिरोको उच्च जोखिममा विद्यालय रहेको भन्दै अभिभावकहरूले विद्यालय सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…