सुकुम्वासी व्यवस्थापनबारे प्रधानमन्त्रीको अन्योलपूर्ण जवाफ

सुकुम्वासी व्यवस्थापनबारे प्रधानमन्त्रीको अन्योलपूर्ण जवाफ
प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर: बर्षा शाह / देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • प्रधानमन्त्री शाहले सुकुम्वासी व्यवस्थापनमा सोचेभन्दा लामो समय लाग्ने प्रतिक्रिया संसदमा दिएका छन्।
  • उनले ३५ वर्षदेखि नभएको कार्यलाई ३५ दिनमा खोज्न नहुने र हतार गर्न नहुने बताए।
  • जोखिमपूर्ण क्षेत्रमा बसेकाहरूलाई सुरक्षित ठाउँमा सार्ने सरकारको नीति रहेको भन्दै उनले स्पष्ट पारे।

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुकुम्वासी व्यवस्थापनका विषयमा अन्योलपूर्ण जवाफ दिएका छन्।

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्वासी व्यवस्थापनबारे आइतबारको संसद बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। त्यसको जवाफ दिँदै शाहले सुकुम्वासी व्यवस्थापनबारे ठोस जवाफ दिन सकेनन्।

उनले जति समय लाग्छ, त्यति समय लाग्छ भन्ने जवाफ दिएका थिए। सुकुम्वासी बस्तीमा डोजर चलाउँदा १५ दिनमा सकुम्वासी व्यवस्थापन गर्ने सरकारले अनौपचारिकरुपमा बताएको थियो।

तर वैशाख १२ गते सुकुम्वासी बस्तीमा डोजर चलाएको सरकारले हालसम्म सुकुम्वासीको अस्थायीरूपमा व्यवस्थापनसमेत गर्न सकेको छैन। आइतबार संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले हतार गरेर सुकुम्वासी व्यवस्थापन नहुने बताए।

उनले कम्तिमा एक वर्ष लाग्नसक्ने संकेत भने गरे। ‘अर्थमन्त्री (स्वर्णिम वाग्ले)ले पनि बजेट भाषणमा यही आर्थिक वर्षमा गर्छौँ भन्नु भएको छ। यसका लागि जति समय लाग्छ, त्यति समय लाग्छ। हतार गरेर हुँदैन’, उनले भने ‘३५ वर्षमा नभएको चिज ३५ दिनमा नखोजौँ। त्यसलाई अलिअलि केही समय लाग्छ।’

शाहले जोखिमयुक्त ठाउँमा बसेकाहरू सुरक्षित ठाउँमा सारिएको बताए। ‘एकदमै जोखिमपूर्ण ठाउँमा बसेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको हो’, उनले भने।

उनले आफ्नो पार्टीको र सरकारको कतै जग्गा नहुनेलाई जग्गा दिने नीति रहेको पनि बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…