सभामुख जबरजस्ती अघि बढ्न खोजेपछि संसद्‌मा सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल

सभामुख जबरजस्ती अघि बढ्न खोजेपछि संसद्‌मा सत्ता र प्रतिपक्षी सांसदबीच धकेलाधकेल
+
-

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोधका बाबजुद पनि प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रिया अघि बढाएपछि बैठकमा असहज अवस्था पैदा भएको छ।

नियमावलीमा रहेका केही प्रावधानप्रति असहमति राख्दै विपक्षी दलहरूले पुनः समितिमै फिर्ता लगेर छलफल गर्नुपर्ने माग राखे पनि सत्ता पक्ष रास्वपाको निर्देशनमा सभामुख अर्यालले अघि बढाउन खोजेपछि सदनमा हात हालाहालको अवस्थामा पैदा भएको हो।

सभामुखले पेलेर नियमावली पारितको प्रक्रिया अघि बढाएपछि विपक्षी सबै दलका सांसदहरूले नाराबाजी गर्दै वेल घराउ गरे। त्यसपछि पनि काम कारबाही नरोकेपछि विपक्षी दलका सांसदहरूले सभामुख बसेको आसनमै चढ्न खोजेपछि संसद्‌मा असहज अवस्था बनेको हो। सत्ता पक्षीय रास्वपाका सांसदहरू पनि वेलमा पुगेपछि दुई पक्षबीच धकेलाधकेल भएको छ।

सभामुखलाई एक दर्जन सुरक्षाकर्मीले घेर्दा पनि असुरक्षित महसुस गर्दै संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

सांसदलाई संविधान र कानुनविपरीत विशेषाधिकार दिने प्रस्ताव मस्यौदा नियमावलीको नियम २५९ मा गरिएको छ। त्योसहितका प्रावधान हटाउनुपर्ने संशोधन विपक्षी दलहरुले राखेका छन् भने आइतबारको छलफलका क्रममा पनि त्यसलाई हटाउनुपर्ने धाराणा राखेका थिए।

तर, सभामुख अर्यालले पेलेर अघि बढ्न खोजेपछि विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले विमति रोखका हुन्।

अहिलेसम्म संसद्को नियमावली सर्वसहमतिले पारित गर्ने संसदीय परम्परालाई तोड्दै सभामुख अर्याल रास्वपाको बहुमतका आधारमा अघि बढ्न खोजेका हुन्।

नियमावलीअनुसार नै सदन अघि बढ्ने भएकाले सबैले स्वामित्व लिने गरी सर्वसहमतिले पारित गर्ने परम्परा भए पनि अर्याल भने एकपक्षीय ढंगले अघि बढ्न खोजेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…