जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै

जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु ६ करोड ३४ लाखको लागतमा पक्की पुल निर्माण हुनेछ।
  • पुल निर्माण पछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।
  • पुल ४० मिटर लामो हुने र आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।

जुम्ला – जिल्लाको हिमा गाउँपालिका-३ स्थित जोगिबाँडामा रु ६ करोड लागतमा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रु छ करोड ३४ लाखको बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले मन्त्रालयको विनियोजित बजेटअन्तर्गत र रही कार्यालयले बोलपत्र आह्वान गरेको जनाउँदै रु छ करोड ३४ लाखमा बन्ने उक्त पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माणका लागि सम्झौता भएको बताए।

यसअघि हिमा नदीमाथि पुल नहुदाँ गाउँसम्म पुग्न तथा सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको थियो। प्रदेशको सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चत गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले बताए। उनका अनुसार उक्त पुल निर्माण भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।

यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र आवतजावत गर्न सुविधा पुग्ने हिमा-३ का वडाध्यक्ष धनवीर रोकायाले बताउनुभयो। उहाँका अनुसार पुल ४० मिटर लामो हुनेछ। पुल आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…