- नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री बालेन्द्र शाहले भारतलाई खुसी पार्न खोजेको आशंका व्यक्त गरिन्।
- उनले नेपालको संसद्बाट भारतको वकालत गर्दै देशद्रोही काम गरेको बताउँदै स्पष्टीकरण माग गरिन्।
- प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद कूटनीतिक छलफलबाट समाधान गर्ने धारणा संसदमा व्यक्त गरेका थिए।
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सीमा विवादबारे विवादित अभिव्यक्ति दिएर भारतलाई खुसी पार्न खोजेको हो भनी प्रश्न गरेको छ।
राष्ट्रिय सभाको बैठकमा सोमबार आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपालको इतिहासमा पहिलोपटक नेपालको संसदबाट भारतको वकालत गरेको पहिलोपटक सुनिएको बताइन्।
उनले भनिन्- ‘नेपालको प्रधानमन्त्री बालेन्द्र शाहले कुन आधारमा उक्त धारणा व्यक्त गर्नुभएको हो ? स्पष्ट पार्न र यसबारे जवाफ माग गर्न चाहन्छु।’
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए। त्यस्तै, उनले नेपालले पनि भारतीय भूमि मिचेको विवादास्पद अभिव्यक्चि दिएका थिए।
गैरेले नेपालको संसद्बाट भारतको वकालत गर्ने काम दोशद्रोही काम भएको बताइन्। नेपालको ६५ हजार बढी हेक्टर जमिन भारतले मिचेको उनले बताइन्।
‘नेपालको अस्तित्व गुमाउनका निम्ति कसैले पहल नगरे हुन्छ,’ उनले भनिन्।
भर्खरै
लोकप्रिय
