सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध, १३५ मिटर थप काम रोकियो

सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध, १३५ मिटर थप काम रोकियो
+
-
देशसञ्चार AI सारांश
  • नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको अवरोधले निर्माणको लागि ठेक्का भए पनि तटबन्धको काम रोकिएको छ।
  • सुस्ता गाउँपालिका–५ मा १३५ मिटरको तटबन्ध निर्माणलाई अवरोध पुर्याउँदै भारतीय पक्षले नियमित गस्ती गरेको जनाइएको छ।
  • नारायणी नदीको धार परिवर्तनका कारण सुस्ता क्षेत्र नेपाल-भारत सीमा विवादको संवेदनशील बिन्दु बन्न पुगेको छ।

दाङ-  नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेपछि थप निर्माण कार्य प्रभावित भएको छ ।

सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्धको थप १३५ मिटर खण्डको काम रोकिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सिँचाइ विभागले करिब एक किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ । सोही योजनाअन्तर्गत थप १३५ मिटर तटबन्ध निर्माणका लागि करिब एक करोड ४० लाख रुपैयाँको ठेक्का लागिसकेको भए पनि भारतीय पक्षले अवरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय

‘अस्तिसम्म कुनै अवरोध थिएन । एक्कासी भारतीय सीमा सुरक्षा बल आएर काम रोक्न भनेको छ । उनीहरू दिनमा दुई पटकसम्म गस्ती गरिरहेका छन् । हामीले नचिन्ने केही व्यक्तिहरू पनि त्यहाँ देखिने गरेका छन्,’ उनले भने–‘प्रधानमन्त्रीको भारतसँगको सीमा समस्यासम्बन्धी अभिव्यक्तिपछि यसको असर यहाँ देखिएको जस्तो लाग्छ । भारतीय पक्षले पहिलेदेखि नै सुस्ताको केही भूभागमा दाबी गर्दै आएको थियो । अहिले तटबन्ध निर्माण रोक्न खोजिएको छ ।’

सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवाद र नदी कटानको समस्याबाट प्रभावित हुँदै आएको छ ।

स्थानीयका अनुसार नारायणी नदीले पटकपटक धार परिवर्तन गर्दा नेपाली भूभाग खुम्चिँदै गएको छ । सीमास्तम्भको अभाव र नदीजन्य भूगोल परिवर्तनका कारण यो क्षेत्र नेपाल–भारत सीमा विवादको संवेदनशील बिन्दुका रूपमा रहँदै आएको छ ।

स्थानीय सरोकारवालाले सुस्ताको सीमा विवाद ऐतिहासिक नक्सा, अभिलेख र तथ्यका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले निर्माणाधीन तटबन्ध रोकिए सुस्ता क्षेत्र पुनः कटान र बाढीको उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…