काठमाडौँ – प्रतिनिधि सभाको बैठक हलबाट केही टेबुल हटाएर ठाउँ फराकिलो बनाइएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली विपक्षीहरूलाई पेलेरै पास गराएका थिए। त्यस क्रममा विपक्षी दलका सांसदहरू नाराबाजी गर्दै सभामुखको टेबुलसम्म पुगेका थिए।
सोमबार बैठक सुरु हुनअघि नै बैठक हलबाट केही टेबुल हटाएर ठाउँ फराकिलो पारिएको हो।
आज बैठक सुरु भएलगत्तै विपक्षीले संसद् अवरुद्ध गरेका छन्। विपक्षी दलहरूको अवरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र संसद्मा आएर माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नहरूको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।

भर्खरै
लोकप्रिय
