अ
+
अ
अ
-
काठमाडौँ– संसद्मा प्रदर्शन गरी हानी नोक्सानी पुर्याएको भन्दै सभामुख डोलप्रसाद अर्यालले छानबिनका लागि समिति गठन गरेका छन्।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठन भएको समितिमा संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन गरेका हुन्। अर्यालले समिति गठन गरी जानकारी संसद्लाई पनि गराएका छन्।
समिति गठन गर्नुका साथै अर्यालले आवश्यक कारबाही अगाडि बढाउन सकिनेसमेत चेतावनी दिए। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
आइतबार संसद्को नियमावली बलजफ्ती पारित गर्दा प्रतिपक्षी दलले वेल घेराउ गरेका थिए। त्यसक्रममा कुर्सीसमेत उचालेका थिए। जुन यसअघिका संसद् बैठकमा हुँदै आएका घटना हुन्। वेल घेराउ गर्न पाउने प्रतिपक्षी दलको अधिकारसमेत हो।
भर्खरै
लोकप्रिय
