सीमा विवादसँगै दुई जिल्लाका स्थानीय मिलेर बनाए झोलुंगे पुल

सीमा विवादसँगै दुई जिल्लाका स्थानीय मिलेर बनाए झोलुंगे पुल
जुम्ली गुम्बामा दुई जिल्लाका स्थानीय मिलेर निर्माण गरिएको पुल। तस्बिरः देशसञ्चार, हुम्ला
+
-

हुम्ला – सिमानाको विषयलाई लिएर विवाद भइरहँदा बाजुरा र हुम्ला जिल्लाका स्थानीय मिलेर झोलुंगे पुल निर्माण गरेका छन्।
पूर्वाधार विकास कार्यालय हुम्लाको बजेटबाट उक्त पुल निर्माण गरिए पनि निर्माणका लागि गठित उपभोक्ता समितिमा भने दुवै जिल्लाको सहभागिता थियो।

दुई जिल्लाको सीमाना छुट्याउने कवाडी खोलाको जुम्ली गुम्बामा एक वर्षअगाडि नयाँ झोलुंगे पुल निर्माण गरेर हाल सञ्चालनमा रहेको सो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फडेराले बताए।

उनले उक्त समितिमा हुम्लाको तर्फबाट सर्केगार्ड गाउँपालिका– २ को रिप गाउँका ६ जना सदस्य र बाजुराको हिमाली गाउँपालिका– ३ का मंगल बुढासहित पाँच जना सदस्यसहित ११ सदस्यीय उपभोक्ता समितिले ०८२ साल वैशाखमा कार्य सम्पन्न गरेको बताए।

उक्त झोलुंगे पुल ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको थियो। दुई जिल्लाको सिमाना भनेकै कवाडी नदी भएको कुरामा कुनै फरक मत नभएको उनी बताउँछन्। सिमानाबारे वास्तविकता थाहा भएका बाजुराको गुम्बा गाउँका स्थानीयबाट कुनै विरोध नभए पनि जनप्रतिनिधि र सञ्चारकर्मीबाट यसलको विरोध आउनु प्रमाणबिनाको रटाइ रहेको रिप गाउँका स्थानीयको भनाइ छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…