पल्सर आरपीएम सम्पन्न: युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

पल्सर आरपीएम सम्पन्न: युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव
+
-
देशसञ्चार AI सारांश
  • ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रममा युवा प्रतिभालाई एकै स्थानमा प्रस्तुत गर्दै विविध आकर्षक प्रस्तुतिहरू समावेश गरिएका थिए।
  • स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस २०० बाइकमा साहसिक स्टन्ट प्रदर्शन गरी दर्शकहरूलाई मन्त्रमुग्ध पारे।
  • यो मात्र मनोरञ्जनात्मक कार्यक्रम नभई गति, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

काठमाडौं — पल्सर आरपीएमले गत जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस कार्यक्रममा बी-बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ऱ्याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश गरिएका थिए। यी गतिविधिहरूमार्फत नेपालका उदीयमान प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गर्ने अवसर पाएका थिए भने उपस्थित दर्शकहरूले पनि उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस २०० बाइकमा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए। उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुऱ्याएको थियो।

आयोजकका अनुसार पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो। पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई यस कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।

एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई एक अविस्मरणीय अनुभव प्रदान गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…