प्रधानमन्त्रीको बचाउमा सरकारका प्रवक्ता बोले झुट

+
-
देशसञ्चार AI सारांश
  • सरकार प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद सीमा अभिव्यक्तिको समर्थन गर्दै झुट बोलेको आरोप लागेको छ।
  • पोखरेलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको सुन्दा अचम्मित भएको बताए भनेको दाबी गरे।
  • वास्तवमा प्रधानमन्त्री शाहले संसदमा नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको बताएको कुरा पोखरेलले अस्वीकार गरे।

काठमाडौँ- ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिको बचाउमा सरकार प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले झुट बोलेका छन्।

मंगलबार मन्त्रिपरिषद्‌को बैठकको निर्णय सुनाउनेक्रममा पोखरेलले बालेनले बोलेको अभिव्यक्तिकोसमेत बचाउ गर्दै झुट बोलेका हुन्। उनले बालेनको बचाउ गर्दै बालेनले नेपालले पनि सीमा मिचेको छ भन्दा आफू अचम्मित परेको कुरा बताएको स्पष्टीकरण दिए।

तर आइतबारको संसद बैठकमा प्रधानमन्त्री बालेनले आफू अचम्मित परेको कुारा भन्दै भनेका थिएनन्। उनले नेपालले भारतको सीमा मिचेको कुरा बताएका थिए। उनले संसदमा सीमा मिचेको मात्र भनेनन् कि अझ आश्चार्य लाग्दो कुरा नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको बताएका थिए। ‘भारतले मात्र होइन। नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। यो कुरा अस्ति भर्खर थाहा पायौँ’, प्रधानमन्त्री शाहले भनेका थिए।

तर प्रधानमन्त्रीले सीमा मिचेको कुरा नभनेको भन्दै सरकार प्रवक्ता पोखरेलले अर्को गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्पष्टीकरण दिए-  ‘प्रधानमन्त्रीज्यूले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…