काठमाडौँ – प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने विवादस्पद अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइ देशको भौगोलिक अखण्डा, राष्ट्रियताविरुद्धको अभिव्यक्ति भन्दै विपक्षी दलहरुले माफी माग्नुपर्ने माग राख्दै संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन्। उनीहरुले प्रधानमन्त्रीको गैरजम्मेवार भनाइ संसदको रेकर्डबाट समेत हटाउन माग गरेका छन्।
मंगलबार पनि विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले आफ्नो अडान दोहोर्याउँदै सदनमा आफ्नो ठाउँबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरेका छन्।
मंगलबार विपक्षी दलहरुको अवरोधका कारण राष्ट्रियसभाको बैठक पनि स्थगित भएको थियो।


भर्खरै
लोकप्रिय
