मधेस प्रदेशसभाः १० मिनेटका लागि स्थगित बैठक साढे ४ घण्टामा पनि सुरु भएन

मधेस प्रदेशसभाः १० मिनेटका लागि स्थगित बैठक साढे ४ घण्टामा पनि सुरु भएन
+
-

जनकपुरधाम – प्रतिपक्षी दलको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कानुनी व्यवस्थालाई बेवास्ता गरी प्रदेश लोकसेवा आयोग र जनलोकपाल आयोगमा सदस्य नियुक्त गरेको विरोधमा विपक्षीले अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको थियो।

मुख्यमन्त्रीले संसद्‌मै आएर माफी माग्नुपर्ने भन्दै बैठक अवरुद्ध गरेपछि पौने ३ बजेतिर १० मिनेटका लागि स्थगित भएको बैठक साढे चार घण्टा भइसक्दा पनि बस्न सकेको छैन।

निर्धारित समयमा बैठक बस्न नसकेपछि ४ः५० बजेसम्मका लागि बैठक सारिएको थियो। त्यसपछि पनि प्रदेशसभा सुचारु हुन नसक्दा पुनः ६ः५५ बजेका लागि बैठकको समय तोकिएको थियो। यद्यपि, साढे ७ बजेसम्म पनि बैठक सुरु हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बैठक अवरुद्ध गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…