पार्टी पुनर्गठन गर्ने एमालेको तयारी

पार्टी पुनर्गठन गर्ने एमालेको तयारी
+
-
देशसञ्चार AI सारांश
  • उपाध्यक्ष विष्णु पौडेलले नेकपा (एमाले) को सांगठनिक पुनर्गठनका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
  • सचिवालयको बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पुनर्गठनका लागि एक कार्यदल गठन गर्ने निर्णय गरेको छ।
  • पौडेलले चुनावी पराजयका आन्तरिक-वाह्य कारणहरूको गम्भीर समीक्षा गरिने र उन्नति गर्ने योजनामा रहेको बताए।

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन् ।

निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उनले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गरेका हुन् ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताए । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिए । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताए ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उनको भनाइ छ ।

उनले भने, ‘अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुपर्यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ । त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…