- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेनलाईता सरकारले निरङ्कुश नबन्न चेतावनी दिए।
- ओलीले सरकारको वर्तमान अराजकतन्त्र लामो समयसम्म चल्न नसक्ने धारणा व्यक्त गरे।
- सरकारको पक्षपातपूर्ण कानुनी कारबाहीलाई लिएर आलोचना गर्दै ओलीले दमनकारी गतिविधिहरू रोक्न आग्रह गरे।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन्।
बुधबार नेकपा एमालेको संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकार निरङ्कुश बन्दै गएको भन्दै धेरै नउत्ताउलिन चेतावनी दिएका हुन्।
उनले समय एकैनास नहुने धेरै अराजक हुन पनि आग्रह गरे। ‘राज्य संयन्त्रमा रहेका, स्वार्थी व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय परिस्थिति एकैनासको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला। सधैँ एउटै परिस्थिति रहँदैन’, ओलीले भने।
उनले अहिलेको सरकार अराजकतन्त्र रहेको भन्दै धेरै समय नचल्ने पनि बताए। ‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको हो? यो अराजक तन्त्र लामो समय चल्न सक्दैन’, ओलीले भने।
सरकारले अहिले योजनाबद्ध, पक्षपातपूर्ण, कसैका विरुद्धमा उजुरी हाल्न लगाउने र गिरफ्तार गर्ने, मुद्दा चलाउने, कसैकाविरुद्ध केही नभए पनि मुद्दा लगाउने, कसैका विरुद्ध जस्तै कूकर्म गरे पनि मुद्दा दर्ता नगर्ने, उजुरी दर्ता नगर्ने, गर्नुपर्यो भने कारबाही नगर्नेजस्ता क्रियाकलप गरिरहेको बताए।
सरकारका विषयमा बोलेमा धरपकड गरेर, प्रहरी कार्यालयमा लगेर, उल्टै केही नगर्ने शर्तमा छाड्ने गरेको भन्दै त्यस्तो नगर्न पनि उनको आग्रह छ।
भर्खरै
लोकप्रिय
