प्रवेश गरेको महिना दिनमै श्रम संस्कृति पार्टी परित्याग

प्रवेश गरेको महिना दिनमै श्रम संस्कृति पार्टी परित्याग
तस्बिर: सामाजिक सञ्जाल
+
-

काठमाडौँ– हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेको महिना दिनमै एक समूहले पार्टी परित्याग गरेको छ।

वैशाख १५ गते पूर्वबहादुर गहतराज विश्वकर्माको नेतृत्वमा केही व्यक्तिहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेको महिना दिनमै धरानको मेयरको उम्मेदवार आफूलाई बनाउने भएपछि विश्वकर्मा नेतृत्वको समूहले बुधबार (जेठ २० गते) पार्टी परित्याग गरेको घोषणा गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा, प्रदेश कमिटी सदस्य विष्णुकुमारी राई, साधारण सदस्यहरू निनाचन्द राई, नरहरि राई, अटलसिंह राईले पार्टी छाडेको जानकारी गराएका छन्।

पार्टी प्रवेश गर्दा हर्कराज राईलाई विश्वकर्मालाई धरानको मेयर बनाउने बाचा गरेको र अहिले त्यो बाचा बिर्सिएर अर्कै व्यक्तिलाई धरानको मेयरमा उठाउने विषय बाहिर आएको भन्दै उनीहरूले पार्टी छाडेको जनाएका छन्।

हर्कले जेठ १४ गते धनबहादुर राईलाई धरानको मेयर उठाउने जानकारी फेरबुकमार्फत जानकारी गराएका थिए। सोही विषयमा विश्वकर्मा समूहले असन्तुष्ट जनाउँदै पार्टी छाडेको हो।

विज्ञप्ति–

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…