सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाँ शैक्षिक कार्यक्रम सुरु

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाँ शैक्षिक कार्यक्रम सुरु
+
-
देशसञ्चार AI सारांश
  • सनवे कलेजले BSc (Hons) Business Information Technology नामक नयाँ शैक्षिक कार्यक्रम डिजिटल प्रणालीमा सञ्चालन थालेको छ।
  • कार्यक्रमले एआई, डेटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित कोर्सहरू समावेश गरेको छ।
  • विद्यार्थी र युवा उद्यमीलाई लक्षित गर्दै कलेजले स्टार्टअप इन्क्युबेशन कार्यक्रम पनि सञ्चालन गरेको छ।

काठमाडौँ –  सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।

कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाँ शैक्षिक कार्यक्रम शुरु गरेको हो।

‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी नामक स्नातक तहको कार्यक्रम सुरु गरेको कलेजले जनाएको छ। सूचना प्रविधि र व्यवस्थापन शिक्षाको संयोजनमा तयार पारिएको यो कार्यक्रम एआई, डेटा विश्लेषण, बिजनेस इन्टेलिजेन्स तथा डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित रहेको दावी गरिएको छ।

व्यावसायिक निर्णय प्रक्रियामा डेटा र प्रविधिको प्रयोग बढ्दै गएका कारण प्रविधि तथा व्यवस्थापन दुवै क्षेत्रमा समान बुझाइ भएका जनशक्तिको माग बढिरहेको सन्दर्भमा कार्यक्रम ल्याइएको हो।

कलेजका प्रिन्सिपल कुशल रेग्मीले अहिलेको व्यावसायिक परिवेशमा प्रविधि र व्यवस्थापनलाई अलग–अलग रुपमा बुझेर मात्र पर्याप्त नहुने बताए।

नयाँ पाठ्यक्रममा बिजनेस इन्टेलिजेन्स एन्ड डेटा एनालिटिक्स, व्यवसायमा एआईको प्रयोग, डिजिटल व्यवसाय रणनीति, टेक्नोलोजी तथा वित्तीय व्यवस्थापनलगायत विषय समावेश गरिएको छ। कार्यक्रम उद्योगको आवश्यकता र रोजगारी बजारलाई ध्यानमा राखेर तयार गरिएको कलेजले जनाएको छ।

यसैबीच, कलेजले विद्यार्थी तथा युवा उद्यमीलाई लक्षित गर्दै स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…