- ओमोडा E5 को सफलतापछि पायोनियर मोटो कर्पले अत्याधुनिक प्रविधियुक्त ओमोडा E5 प्रो विद्युतीय SUV सार्वजनिक गर्यो।
- त्यसको ब्याट्री क्षमता ५०.७ kWh र मोटर पावर ९९ kW रहेको छ, जसले ३५० किमी रेन्ज दिन्छ।
- नयाँ मोडलको मूल्य रु. ५१.५९-५१.९९ लाख तोकिएको छ, जसमा विशेष अफर रु. ४९.९९ लाख छ।
विराटनगर- विराटनगरमा ओमोडा एन्ड जेकु (Omoda & Jaecoo) को आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतीक्षित नयाँ ओमोडा E5 प्रो (Omoda E5 Pro) बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालका सडकहरूमा यसअघि नै १,५०० भन्दा बढी युनिट गुडिसकेको ओमोडा E5 को ठूलो सफलतापछि यो नयाँ मोडल सार्वजनिक गरिएको हो।
अत्याधुनिक प्रविधि, प्रिमियम विशेषता र भविष्यमुखी ड्राइभिङ अनुभवसहित आएको यो इलेक्ट्रिक SUV ले आधुनिक नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
यो नयाँ ओमोडा E5 प्रोमा ५०.७ kWh को ब्याट्री क्षमता, ९९ kW को मोटर पावर र २८८ Nm को टर्क रहेको छ, जसले गर्दा यसले ३५० किलोमिटरको WLTP रेन्ज प्रदान गर्दछ।
नेपालका सडकहरूलाई सुहाउँदो १९१ mm को उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र १८ इन्चको आकर्षक अलोय ह्विल यसमा समावेश गरिएको छ।
गाडीको बाहिरी बनावट बोल्ड फ्रन्ट फेसिया र फ्यानटम विङ (Phantom Wing) टेललाइटले निकै प्रिमियम देखिएको छ भने भित्री भागमा इलेक्ट्रिक सनरुफ, ड्राइभर मसाज सिट, ८ वटा सोनी (Sony) स्पिकर र १५.६ इन्चको ठूलो वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ।
सुरक्षाका लागि यसमा १९ भन्दा बढी ADAS (Advanced Driver Assistance System) फिचर र ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली उपलब्ध छ।
कम्पनीले नयाँ ओमोडा E5 प्रोको आधिकारिक मूल्य सिंगल टोन (Single Tone) भेरियन्टका लागि रु. ५१.५९ लाख र डुअल टोन (Dual Tone) भेरियन्टका लागि रु. ५१.९९ लाख निर्धारण गरेको छ।
यसका साथै, लन्चको अवसरमा विशेष अफरस्वरूप पहिलो ५० जना ग्राहकहरूका लागि रु. ४९.९९ लाखको सुरुवाती मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स (Auto Plus Insurance) समेत प्रदान गरिने कम्पनीले जनाएको छ।
नयाँ गाडीको बुकिङ र सोधपुछका लागि यो मोडल अहिले विराटनगरको आधिकारिक ओमोडा एन्ड जेकु शोरूममा उपलब्ध भइसकेको छ।
भर्खरै
लोकप्रिय
