अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १८३ जना नेताले पार्टी छाडेका छन्।
धवल शमशेर राणाको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्यसहित १८३ जना नेताहरू बिहीबार राप्रपाबाट बाहिरिएका हुन्। राणाले भने यसअघि नै राप्रपा छाडेको घोषणा गरिसकेका थिए।
पार्टी छाड्नेमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, केन्द्रीय तहका नेताहरू दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्य, केशवराज श्रेष्ठलगायत छन्।
यो समूहले दुर्गा प्रसाईंसँग मिलेर अर्को दल बनाउने गृहकार्य सुरु गरेको छ।

भर्खरै
लोकप्रिय
