सम्पति विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौ : सभापति थापा

सम्पति विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौ : सभापति थापा
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस सभापति गगनकुमार थापाले संविधानअनुसार सम्पत्ति छानविन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • थापाले पार्टी नेताहरूले सम्पत्ति विवरण बुझाउने भए पनि प्रक्रिया र कार्यादेशको स्वच्छतामा प्रश्न उठ्न सक्ने चेतावनी दिए।
  • केही नेताहरूको सम्पत्ति विवरण नबुझाउने निर्णयप्रति कांग्रेसले कुनै टिप्पणी नगरेको बताउँदै थापाले कांग्रेसको सहयोगको आश्वासन दिए।

काठमाडौँ – कांग्रेस सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पती छानविन आयोगलाई आफ्नो सम्पती विवरण बुझाएर सहयोग गर्ने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने जनाएका हुन्।

यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेत समेत गराए। सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए।

थापाले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पतिसम्बन्धी विषय छिटो टुंगियोस् भन्ने कांग्रेसको चाहाना रहेको उल्लेख गरे।

केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पती विवरण नबुझाउने अभिव्यक्ति दिएको दिएको टिप्पणी गर्दै त्यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वन्यायाधीश फोरम नेपालले सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्।

ओलीले बुधबार आयोजित पार्टीको कार्यक्रममा आफू सम्पत्ति विवरण नबुझाउने छानबिन गर्ने भए आफ्नो जनाएको घरको खरानी लैजान भनेका थिए।

थापाले भने, ‘केही न्यायमूर्ति र राष्ट्रिय राजनीतिमा संलग्न नेताहरुले हामी सम्पति विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ । त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन । तर नेपाली काँग्रेसको तर्फबाट म पनि र अन्य सबै साथिहरुले पनि आफ्नो सम्पती विवरण बुझाउनुहुन्छ । हामी यो प्रक्रियमा टुंगिनुपर्छ भन्ने ठान्छौँ ।’

सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…