‘एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ’

‘एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ’
+
-
देशसञ्चार AI सारांश
  • राज्यमन्त्री शोभा पालुङ्गा चेम्जोङले पितृसत्तात्मक सोचले एकल महिलाप्रति समाजको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताइन्।
  • उनले महिलालाई ३३ प्रतिशत सहभागिताको अधिकार भए पनि नीति तहमा अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताइन्।
  • कार्यक्रममा एकल महिला, द्वन्द्व प्रभावित, बेपत्ता परिवारका विषयमा छलफल गरी उनीहरूको आवाज नीति तहसम्म पुर्याउने भनियो।

माेरङ – विराटनगरमा कोशी प्रदेशस्तरीय एक महिला कार्यशाला गोष्ठीको आयोजना गरिएको छ। दुई दिने गोष्ठीको बिहीबार समापन गर्दै प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङ्गा चेम्जोङले पितृसत्तात्मक सोचका कारण एकल महिलाप्रति समाजको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताएकी छन् ।

कार्यक्रममा राज्यमन्त्री चेम्जोङले समाजमा पितृसत्तात्मक सोचकै कारण महिला तथा एकल महिलालाई हेर्ने र गर्ने ब्यवहारमा अपेक्षित परिवर्तन आउन नसकेको बताएकी हुन् । कुर्बे बेस्टर्नको सहयोग तथा मानव अधिकारका लागि महिला, एकल महिला समूह को आयोजनामा सम्पन्न भएको कार्यक्रममा राज्यमन्त्री चेम्जोङले एकल महिलाले भोग्दै आएका पीडालाई शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

उनले अधिकार सुनिश्चितताका लागि संगठित भएर एकल महिला समाजमा अघि बढ्नुपर्नेमा बताइन् । संविधानले महिलालाई ३३ प्रतिशत सहभागिताको अधिकार सुनिश्चित गरे पनि नीति निर्माण तहमा पुगेका महिलाले अर्थपूर्ण सहभागिता जनाउँदै एकल महिलाको आवाजलाई बलियो बनाउनुपर्ने राज्यमन्त्री चेम्जोङले सुझाव दिएकी छिन् ।

त्यसैगरि, कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समूह मोरङकी अध्यक्ष चुडाँकुमारी रेग्मिले कार्यशालामा एकल महिला, द्वन्द्व प्रभावित महिला तथा बेपत्ता परिवारका सदस्यहरूको वर्तमान अवस्था, एकल महिलाका अधिकार तथा कानुनी व्यवस्था, सहभागी महिलाहरूको आवाज नीति तथा निर्णय तहसम्म पुर्याउने विषयमा छलफल गरिएको बताइन् ।

त्यसैगरि, मानव अधिकारका लागि महिला, एकल महिला समूह कोशी प्रदेशकी अध्यक्ष मिनाकुमारी राईले दुई दिने प्रदेश स्तरीय गोष्ठीमा कोशी प्रदेशअन्तर्गतका सबै जिल्लाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको जानकारी दिइन् । कार्यक्रममा प्रदेशका ३५ जना महिलाको सहभागिता रहेको थियो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…