भारत भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री बुझे इपिजीको चाबी

भारत भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री बुझे इपिजीको चाबी
+
-
देशसञ्चार AI सारांश
  • नेपाल-भारत प्रबुद्ध समूहको प्रतिवेदन र कागजातको चाबी परराष्ट्रमन्त्री खनाललाई डा. भेषबहादुर थापाले हस्तान्तरण गरेका छन्।

  • इपीजीको प्रतिवेदन अनौपचारिक रूपमा नेपालले बुझे पनि भारतले औपचारिक रूपमा स्वीकार नगरेको जनाइएको छ।

  • समूहले सन् १९५० को शान्ति सन्धिलगायत सबै द्विपक्षीय सम्झौताहरूको पुनरावलोकन गरी नयाँ उचाइमा लैजाने प्रयास गरेको थियो।

काठमाडौँ-  नेपाल-भारत प्रबुद्ध समूह (इपिजी) का नेपालतर्फका तत्कालीन संयोजक परराष्ट्रविद् डा. भेषबहादुर थापाले दुवै देशका प्रतिनिधिहरूले सहमति गरी हस्ताक्षर गरेको प्रतिवेदन र सम्बद्ध कागजात राखिएको दराजको चाबी परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका छन्।

परराष्ट्रमन्त्री खनाल तीनदिने भारत भ्रमणका लागि प्रस्थान गर्नुअघि परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा डा. थापाले उक्त चाबी हस्तान्तरण गरेका हुन्। चाबी हस्तान्तरण कार्यक्रममा परराष्ट्रसचिव अमृतकुमार राई पनि उपस्थित थिए।

डा. थापाले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएका कारण आफूसँग भएको महत्त्वपूर्ण कागजातको स्वामित्वको हस्तान्तरण परराष्ट्रमन्त्री खनाललाई गरेका हुन्।

भारतले पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्कँदै छन् भने परराष्ट्रमन्त्री खनाल शुक्रबार नै भारत प्रस्थान गरेका छन्। परराष्ट्रमन्त्री भारत जानुअघि इपिजी प्रतिवेदन राखिएको दराजको चाबी बुझ्नु अर्थपूर्ण बनेको छ।

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) द्वारा तयार पारिएको प्रतिवेदन र कागजात दुवै देशका सरकारले औपचारिक रूपमा नबुझे पनि नेपालले अनौपचारिक रूपमा भने यो प्रतिवेदन परराष्ट्रमन्त्री खनालमार्फत बुझेको छ।

वि.सं. २०७३ असार २० मा गठन भएको यस समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुई देशबीचका सबै सन्धि–सम्झौताको पुनरावलोकन गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा अध्ययन गरेको थियो । दुवै देशका विज्ञहरू सम्मिलित इपीजीले संयुक्त प्रतिवेदन तयार पारे पनि, भारतले उक्त प्रतिवेदन बुझ्न अनिच्छा देखाएका कारण यसको औपचारिक सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।

समूहमा नेपालका तर्फबाट डा. थापा (संयोजक), नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सदस्य थिए भने भारततर्फ भगतसिंह कोसियारीको संयोजकत्वमा जयन्तप्रसाद, प्रा. महेन्द्र पी. लामा र बीसी उप्रेती सदस्य थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…