अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा र नागरिक बचाउ महाअभियानमा संयोजक दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने सम्झौता भएको छ। राणा र प्रसाईंले शुक्रबार नयाँ दल गठन गर्नका लागि ११ बुँदे सहमति गरेका हुन्।
सार्वजनिक गरिएको सम्झौतापत्रमा मुलुकको भू-अखण्डता, साँस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता र भाषिक विविधताको संरक्षण गर्दै ‘किराँत र बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य’ निर्माण गर्ने प्रतिज्ञा गरिएको छ।
सम्झौतापत्रमा पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन, राष्ट्रिय स्वाभिमानसहितको सुधारमूखी संघीयता, एक पटकको नेपाली सधैँको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्नेलगायत नीति लिने उल्लेख छ।
यस्तो छ सम्झौतापत्रः


भर्खरै
लोकप्रिय
