- विश्व वातावरण दिवसको अवसरमा लेते खोलामा वातावरण संरक्षण र पहिरो न्यूनीकरणका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो।
- कार्यक्रममा नगरपालिका प्रमुख तथा अन्य पदाधिकारीसँगै स्थानीय समुदाय र सरकारी अधिकारीहरूको पनि सहभागीता थियो।
- लेते खोलाको वार्षिक पहिरो समस्यालाई न्यूनीकरण गर्न दीर्घकालीन बृक्षा रोपण अभियान सञ्चालन गरिएको आयोजकले बतायो।
मुगु – विश्व वातावरण दिवसको अवसरमा मुगुको छायाँनाथ रारा नगरपालिका–४ स्थित पहिरोको उच्च जोखिममा रहेको लेते खोलामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, भू–क्षय नियन्त्रण तथा पहिरो न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्।
कार्यक्रममा नगर प्रमुख बिष्णु कुमार भाम, उप प्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडा नन्द खत्री, नागरिक अगुवा, मानबअधधिकारवादी र राजनितिक दलका प्रतिनपधि लगायत जिल्ला स्थित संचारकर्मी लगायत, विभिन्न सरकारी कार्यालयका कर्मचारी, स्थानीय सरोकारवाला र समुदायका नागरिकहरूको सहभागिता रहेको थियो।
वर्षौंदेखि लेते खोलाको आसपासको क्षेत्रमा वर्षायाममा पहिरो, भू–क्षय र माटो कटानको समस्या देखिँदै आएको र हरेक बर्ष बर्षाको समयमा लेतेखोलाको पहिरोको कारणले पिना बालै, गमगढी सडक बन्द हुने गरेको छ। सोही समस्यालाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न र वातावरण सन्वृतुलन राख्न बृक्षा रोपण अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।
वनस्पतिले जमिनलाई मजबुत बनाउने, पानीको बहाव नियन्त्रण गर्ने तथा पहिरोको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै वृक्षारोपण अभियानलाई व्यवहारमा उतार्न आग्रह गरे। नगरपालिकाका जनप्रतिनिधिहरूले पनि लेते खोलालगायत जोखिमयुक्त क्षेत्रहरूमा आगामी दिनमा थप संरक्षण तथा हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्दै आयोजित उक्त वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणसँगै पहिरो नियन्त्रणको दीर्घकालीन अभियानमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
भर्खरै
लोकप्रिय
