अ
+
अ
अ
-
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न भएको छ। २३ जेठमा सम्पन्न अधिवेशनले अविनाश बस्नेतको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित समितिको उपसभापतिमा रामचन्द्र अधिकारी, सचिवमा लालप्रसाद देवकोटा र सहसचिवमा दिनेशप्रसाद सापकोटा चयन भएका छन्। यसैगरी समितिको सदस्यहरूमा कुमार रसाइली, दिवस पहाडी, सूर्यकुमारी गौतम, सुनिता गजुरेल र वृखबहादुर बम्जन निर्वाचित भएका छन्।
समितिको कोषाध्यक्ष र एक सदस्य पद भने हाललाई रिक्त राखिएको छ, जसलाई आगामी बैठकबाट पूर्णता दिइने बताइएको छ।जिल्ला कार्यसमितिसँगै निर्वाचन क्षेत्रस्तरीय नेतृत्वको पनि टुंगो लगाएको छ।
जसअनुसार सिन्धुली निर्वाचन क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा चयन भएका छन्।
भर्खरै
लोकप्रिय
