- रास्वपाले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
- बागमतीका १३ मध्ये ९ जिल्लामा अधिवेशन सकिएको छ, चितवन, रसुवा र ललितपुरमा अधिवेशन आज हुनेछ।
- कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा नयाँ जिल्ला कार्यसमिति चयन भइसकेको र बाँकी आज हुनेछ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाको अधिवेशनहरू सम्पन्न गरेको छ। दुवै प्रदेशहरुमा नयाँ नेतृत्व चयन प्रक्रिया अधिंकासमा सकिंदा केहीमा आज हुँदै छ।
बागमती प्रदेशका १३ मध्ये ९ जिल्लामा अधिवेशन सकिएर नयाँ कार्यसमिति बनिसकेका छन्। काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल र सिन्धुलीमा अविनाश बस्नेत सभापति छानिएका छन्।
त्यसैगरी रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठकले नेतृत्वको जिम्मेवारी पाएका छन्। त्यस्तै चितवन, रसुवा र ललितपुरमा आज अधिवेशनको कार्यतालिका रहेको छ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन केही समयका लागि स्थगित गरिएको छ।
त्यस्तै कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा पनि नयाँ जिल्ला कार्यसमिति चयन भएका छन्। सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ र मोरङमा भरत कडेल सभापति निर्वाचित भएका छन्।
त्यस्तै तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्याम बहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापाले नेतृत्व सम्हालेका छन्। बाँकी रहेका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि आजै अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको रास्वपाले जनाएको छ।
भर्खरै
लोकप्रिय
