प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ, हाम्रो अडान हो: वर्षमान पुन

प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ, हाम्रो अडान हो: वर्षमान पुन
वर्षमान पुन। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्रीले भनेको सीमा सम्बन्धिको विषय सच्चिनुपर्ने र त्यसमा आफूहरूको अडान रहेको बताएका छन्।

मंगलबारको संसद्‌ बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको विवादास्पद अभिव्यक्ति सच्चिनुपर्ने र त्यसका लागि संसद्‌मा आएर प्रधानमन्त्री आफैले जवाफ दिनुपर्ने माग गरे। ‘प्रधानमन्त्रीको विषय सच्चिनुपर्छ। यो संसदको रेकर्डबाट हट्नुपर्छ। उहाँ (प्रधानमन्त्री)ले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ’, उनले भने।

पुनले प्रधानमन्त्री नआउँदासम्मका लागि संसद् बैठक स्थगन गर्न माग गरेका थिए।

उनले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताका सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहबाट व्यक्त भएको नेपालले भारतको जमिन पनि मिचेको छ भन्ने अभिव्यक्तिप्रति असहमति रहेको बताए।

उनले प्रधानमन्त्री शाहलाई अभिव्यक्ति सच्याउन दिने पनि बताए। ‘उहाँ(प्रधानमन्त्री) आशय के हो? भन्ने खोजेको के हो? उहाँले हाउस (संसद्)मा भन्नुपर्छ भन्दै आएका छौँ। हामी त्यसमा पनि शंकाको लाभ दिएका छौँ’, पुनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…