हुनेखानेका लागि रारा, गरिबको पहुँचबाट टाढा

हुनेखानेका लागि रारा, गरिबको पहुँचबाट टाढा
+
-
देशसञ्चार AI सारांश
  • रारा तालको फाइदा स्थानीय बासिन्दाले पाउन नसकेको भन्दै रारा नजिकैका गाउँलेहरुले गुनासो गरेका छन्।
  • पर्यटन व्यवसायमा गरिब परिवारको सहभागिता सीमित छ भने हुनेखाने र पहुँचवाला व्यक्तिहरूले फाइदा उठाएका छन्।
  • स्थानीयले पर्यटनबाट रोजगारी, साना व्यवसाय र आयआर्जनका अवसर पाउनुपर्ने माग गरेका छन्।

मुगु –  धविश्वमै चिनिएको रारा तालको चर्चा दिनप्रतिदिन बढिरहेको छ। पर्यटक आउँछन्, होटल खुलिरहेका छन् र पर्यटन व्यवसाय फैलिरहेको छ। तर रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा भने राराबाट आफूहरूले खासै फाइदा लिन नपाएको गुनासो गर्छन्।

छायाँनाथ रारा नगरपालिका–३ का नन्दीलाल रावल भन्छन्, “रारा हाम्रो गाउँमै छ, तर त्यसको फाइदा हामीले पाएका छैनौं। सानो घुम्ती पसल राख्न वा सामान्य व्यवसाय गर्न खोज्दा पनि धेरै कानुनी झन्झट बेहोर्नुपर्छ।”

सोही ठाउँका पर्बुजङ्ग शाहीका अनुसार रारा जोगाउने जिम्मेवारी स्थानीयले पनि निभाएका छन्। तर पर्यटनबाट हुने आम्दानी र अवसर भने सीमित मानिससम्म मात्र पुगेको छ। “संरक्षणका नाममा धेरै कुरा गर्न पाइँदैन, तर त्यसको बदलामा स्थानीयले के पाए भन्ने प्रश्न उठेको छ,” उनले भने।

स्थानीय युवा राम विकको गुनासो पनि उस्तै छ। “राराको नामले धेरैले कमाइ गरिरहेका छन्। तर गाउँका युवालाई व्यवसाय गर्ने वातावरण छैन। पैसा छैन, सहयोग छैन, भएका अवसर पनि पहुँचवालाकै हातमा छन्,” उनले भने।

स्थानीयका अनुसार रारामा होटल र पर्यटन व्यवसाय गर्न ठूलो लगानी चाहिन्छ। त्यसैले हुनेखाने र पहुँच भएका व्यक्तिहरूले मात्र व्यवसाय सञ्चालन गर्न सकेका छन्। सामान्य परिवारका मानिस भने मजदुरी र खेतीपातीमै सीमित छन्।

राराको नामले देश–विदेशमा मुगुको पहिचान बढाए पनि त्यसको प्रत्यक्ष लाभ गाउँका गरिब परिवारसम्म पुग्न नसकेको स्थानीयको भनाइ छ। उनीहरू पर्यटनबाट स्थानीयलाई पनि रोजगारी, साना व्यवसाय र आयआर्जनका अवसर दिनुपर्ने माग गर्छन्।

स्थानीयहरू भन्छन्, “रारा हाम्रो हो, तर त्यसबाट हुने कमाइ र अवसरमा हाम्रो पहुँच छैन। अहिले पनि रारामा हुनेखानेकै हालीमुहाली छ, गरिबको पहुँच टाढै छ।”

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…