सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्योः नारायणकाजी श्रेष्ठ

सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्योः नारायणकाजी श्रेष्ठ
+
-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रुपमा असफल भएको बताएका छन्।

काठमाडौँ महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूसमेत यस अवस्थाप्रति जिम्मेवार रहेको भन्दै नेपाली जनतासँग माफीसमेत मागे।

श्रेष्ठले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको बताए।

‘सडकआश्रिक नागरिकको व्यवस्थापन गर्ने कुरा राज्यको प्रमुख दायित्व हो,’ उनले भने,’राज्यले सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिसहितका कुरामा फड्को मार्नेदेखि यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो गर्न सकेन। म आफू पनि एक हदसम्म जिम्मेवार ठहराउँदै नेपाली जनतासामू आत्मआलोचना गर्न चाहन्छु, माफी माग्न चाहन्छु। अब हामी सबै मिलेर यो कामलाई अगाडि बढाउनुछ।’

विगतका कमीकमजोरी स्वीकार्दै उनले सबै पक्षको आपसी सहकार्यमा नागरिकलाई सम्मानजनक रुपमा बाँच्ने वातावरण सिर्जना गर्नुपर्नेमा श्रेष्ठले जोड दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…