शहीद परिवारद्वारा मधेस प्रदेश भवन अगाडि प्रदर्शन, माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी

शहीद परिवारद्वारा मधेस प्रदेश भवन अगाडि प्रदर्शन, माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी
+
-

जनकपुरधाम- मधेस सरकारले आफूहरूका माग सम्बोधन नगरेको भन्दै मधेस आन्दोलनका शहीद परिवारहरुले मधेस भवन अगाडि प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरूले मधेस शहीद प्रतिष्ठानलाई स्वायत्त बनाउनुपर्ने, शहीद परिवारहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्नेलगायतका माग राख्दै मधेस भवनको द्वार अगाडि प्रदर्शन गरेका हुन् ।

मधेस प्रदेश सरकारको प्रशासनिक भवनलाई मधेस भवन नामकरण गरिएको छ ।

मधेस आन्दोलनको क्रममा ६३ जना शहादत प्राप्त गरेका थिए । संघीयता आएपछि लालबाबु राउत नेतृत्वमा बनेको सरकारले ५२ जना शहिद परिवारलाई रोजगारीको लागि नियुक्तिपत्र दिएकोमा २५ जनालाई मात्रै रोजगारी दिइएको थियो । जसमध्ये अहिले १० जना मात्रै कार्यरत छन् । शहीद परिवार अहिले प्रदेश सरकारको विभिन्न सरकारी कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् ।

मधेस सरकारले शहीद परिवारका लागि उपलब्ध गराउने भनिएका सेवा सुविधाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै उनीहरूले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

पहिलो चरणमा मधेस भवन अगाडि प्रदर्शन गरेका उनीहरूले माग पूरा नभए अझ सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…