सभापतिलाई कारबाही गरेपछि रास्वपा धनुषा अधिवेशन स्थगित

सभापतिलाई कारबाही गरेपछि रास्वपा धनुषा अधिवेशन स्थगित
+
-
देशसञ्चार AI सारांश
  • धनुषा सभापति लक्ष्मेश्वर यादवलाई कारबाही गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।
  • जिल्ला पर्यवेक्षकले निर्वाचन हुन नदिने बताएपछि खुल्ला सत्र सुरु नहुँदै अधिवेशन रोकिएको हो।
  • अनुशासन आयोगले सभापति यादवलाई विभिन्न अनियमितता र अनुशासनहीनताको आरोपमा पदीय जिम्मेवारीबाट मुक्त गरेको छ।

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को केन्द्रीय अनुशासन आयोगले धनुषा सभापतिलाई कारबाही गरेपछि आज हुन लागेको अविधेशनमा स्थगित भएको छ ।

सोमबार जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई कारबाही गर्दै पदबाट निलम्बन गरेपछि आजका लागि निर्धारण गरिएको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो ।

सभापति यादवलाई कारबाही गरेपछि आज खुल्ला शत्र सुरु हुन लाग्दा दिउँसो १२ बजे जिल्ला प्रर्यवेक्षक बेचन यादवले अधिवेशनको स्टेजमा चढेर कसैको चरित्र हत्या गरेर अधिवेशन गर्न नदिने भन्दै उभेका थिए । उनले सभापतिको कारबाहीको विषयलाई लिएर चुनाव हुन नदिने भनेपछि खुल्ला सत्र समेत सुरु नहुँदै अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले सभापति यादव उपर पार्टीको विधान, आचारसंहिता, कार्यविधि, निर्वाचन सम्बन्धी विभिन्न कार्यविधिहरु, पार्टीको मूल्य मान्यता, हित अनुकूल पदीय जिम्मेवारीमा रही कार्यसम्पादन गर्न नसकेको, अनावश्यक पदीय हस्तक्षेप गरेको, समुहगत राजनीतिलाई बढावा दिएको लगायतको कारण सहित विभिन्न समयमा उजुरी परेकोले अनुसन्धान गरी आवश्यक प्रमाण संकलन गरी त्यसको विश्लेषणको आधारमा निर्णय गर्नुपर्ने भएकाले अर्को पत्र प्राप्त नभएसम्म पदीय जिम्मेवारीबाट मुक्त गरिएको पत्र पठाएका छन् ।

मधेस प्रदेशको सबै जिल्लामा रास्वपाको अधिवेशनको क्रममा विवाद भएपछि अधिवेशनको प्रक्रिया बढ्न सकेको छैन । केही ठाउँमा खुल्ला सत्र सम्पन्न भएपछि बन्द सत्रमा विवाद उत्पन्न हुँदा अधिवेशन रुकेको छ भने कुनै ठाउँमा खुल्ला सत्र समेत हुन सकेको छैन ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…