भैरवामा आईएनआईको सातौं मल्टिप्लेक्स हल सञ्चालन

भैरवामा आईएनआईको सातौं मल्टिप्लेक्स हल सञ्चालन
+
-
देशसञ्चार AI सारांश
  • रूपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज औपचारिक रूपमा सञ्चालनमा आएको छ।
  • भैरहवामा नयाँ सिनेमा हलले स्थानीय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।
  • आधुनिक प्रोजेक्टर र साउण्ड सिस्टमसहितका दुई अडिटोरियममा कूल ३९६ दर्शकलाई सेवा दिने व्यवस्था गरिएको छ।

मल्टिप्लेक्स चेन आईआएनआईले थप नयाँ हल थपेको छ। रूपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा ल्याएको हो। भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स औपचारिक रूपमा सञ्चालनमा आएको हो।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, होटल, व्यापार तथा सेवा क्षेत्र विस्तार भइरहेका बेला आधुनिक मनोरञ्जन पूर्वाधारको रूपमा आईएनआई सिनेमाज थपिएको हो। यसले स्थानीय दर्शकलाई गुणस्तरीय सिनेमा हेर्न सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

यो हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए। मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवद्र्धनमा समेत यसले योगदान पुर्‍याउने विश्वास उनको छ।

कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले भैरहवामा नयाँ मल्टिप्लेक्स सञ्चालन गरिएको बताए। यो हलबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे।

हल सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन्। प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ भने कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ। हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस(एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको जनाइएको छ।

आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार यो प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमाको अनुभव प्रदान गर्नेछ। सुरक्षा व्यवस्थालाई समेत प्राथमिकता दिँदै आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको छ।

सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हालसम्म काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा मल्टिप्लेक्स सञ्चालन गरिरहेको छ। भैरहवामा नयाँ शाखा सञ्चालन भएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ।

आईएनआई सिनेमाज व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको जनाएको छ। कम्पनीका अनुसार सिनेमाका टिकट वेबसाइट तथा डिजिटल भुक्तानी माध्यममार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

भैरहवामा सञ्चालनमा आएको नयाँ मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…