आफ्नो आलोचना नगर्न सभामुखको चेतावनी

आफ्नो आलोचना नगर्न सभामुखको चेतावनी
+
-
देशसञ्चार AI सारांश
  • सभामुख अर्यालले सांसदहरुलाई आफ्ना आचरणमाथि आलोचना नगर्न चेतावनी दिँदै नियमावलीको प्रावधान सम्झाएर निर्देशन दिए।

  • प्रधानमन्त्री शाहको भौगोलिक अखण्डताविरुद्धको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरु संसद अवरोध गर्दै माफीको माग गर्दैछन्।

  • विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले संसदमा आफ्नो आलोचना नगर्न सांसदहरुलाई चेतावीन दिएका छन्।

प्रधानमन्त्रीको वालेन्द्र शाहको भौगोलिक अखण्डताविरुद्धको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संसदको अवरोध गरिरहेको छन्। विपक्षी दलका सांसदहरुले आफ्नो ठाउँबाट उठेर विरोध जनाउँदै अर्यालसँग सवाल जवाफ गरेपछि उनले चेतावनी दिएका हुन्।

सभामुख अर्यालले सदन चलाउन पटक पटक आग्रह गरे पनि विपक्षी सांसदहरुले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिप्रति माफी नमागेसम्म सदनलाई सुचारु नगर्ने अडान लिएका छन्। विपक्षी दलले अवरोध गरिहरेका बेला सत्ता पक्षका सांसदलाई बोल्न दिएपछि उनको भूमिकामाथि प्रश्न उठेको थियो।

सांसदहरुले अवरोध नछाडे पनि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम २१ (ख) हेर्न सांसदहरुलाई निर्देशन दिएका छन्। उक्त दफामा भनिएको छ, ‘सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले मंगलबार पनि जारी रोखका छन्।

प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरुले आफ्नो ठाउँबाट उठेर यसअघि झै प्रधानमन्त्रीले संसदमा आएर माफीमा माग्नुपर्ने माग राखेका हुन्।
जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आपत्ति जनक अभिव्यक्ति दिएका थिए।

उक्त भनाइ विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरु कांग्रेस, एमाले नेकपा, श्रम संस्कृति र राप्रपाले विरोध जनाउँदै आएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…