प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै हर्कद्वारा संकल्प प्रश्ताव पेश

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै हर्कद्वारा संकल्प प्रश्ताव पेश
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति आपत्तिजनक भन्दै संकल्प प्रस्ताव पेश गरेका छन्।
  • सांसद राईले अभिव्यक्ति राष्ट्रहित विपरीत भएको दाबी गर्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
  • प्रस्तावमा प्रधानमन्त्रीलाई गलत अभिव्यक्ति रोक्न र संसदीय गतिरोध अन्त्य गर्न सबैले एकताबद्ध हुनुपर्छ भन्ने माग गरिएको छ।

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा विगतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् ।

संसद्‍मा जारी गतिरोध अन्त्यका लागि जिम्मेवार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सांसद राईद्वारा प्रश्तुत प्रश्तावमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिइएको छ ।

उक्त अभिव्यक्तिलाई तत्काल संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीको लिखित वक्तव्य समेत समावेश गरिनुपर्ने उनको माग छ ।

अध्यक्ष राईले भने, ‘हामी धेरै औपचारिक भयौँ, तर समस्याको गाँठो फुक्न सकेन । प्रधानमन्त्रीलाई पटक–पटक सदनमा बोलाउँदा पनि आउन मान्नुहुन्न, आए पनि चित्तबुझ्दो जवाफ नदिँदा समस्या झन् जटिल बनेको छ । राष्ट्रियताको सवालमा सत्ता पक्ष वा प्रतिपक्ष नभनी दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै एकतावद्ध हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो प्रस्ताव आवश्यक छ ।’

संकल्प प्रश्तावमा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकैले पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा यस्ता तथ्यहीन र राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

जनताका प्रतिनिधिहरू संसद्मा केवल विवाद गरेर मात्र बस्न नहुने र जनउत्तरदायी बन्नुपर्ने धारणा राख्दै सांसद राईले यो संकल्प प्रश्ताव पारित गरी संसदीय गतिरोध अन्त्य गर्न सभामुखमार्फत सदनको ध्यानाकर्षण गराएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…