प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने राई र ओलीको फरक फरक प्रस्ताव

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने राई र ओलीको फरक फरक प्रस्ताव
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीका हर्कराज राई र राप्रपाकी खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सही देखाउन फरक सुझाव दिएका छन्।
  • ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति स्वीकार गर्न सत्ता पक्षलाई हस्ताक्षर गर्ने चुनौती दिँदै माफीको माग गरिन्।
  • प्रधानमन्त्रीको विवादस्पद अभिव्यक्तिप्रति विरोध गर्दै विपक्षी दलहरुले संघीय संसदका दुवै सदनको काम कारबाही अवरुद्ध गरेका छन्।

काठमाडौँ – श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई र राप्रपाकी खुश्बु ओलीले प्रधानमन्त्रीको विवादस्पद अभिव्यक्ति सही सावित गर्न सत्ता पक्षलाई फरक फरक सुझाव दिएका छन्।

नेपालले पनि भारतको सीमा मिचेतको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति संसदमा माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन्। उनीहरुले राष्ट्रिय अखण्डताविरुद्ध प्रधानमन्त्रीले भनेको कुरालाई संसदको रेकर्डबाट हटाउनु पर्ने वा माफी माग्नुपर्ने आफ्ना प्रस्तावलाई नमान्ने हो भने राई र ओलीले फरक फरक प्रस्ताव अघि बढाउन सत्ता पक्षलाई आग्रह गरेका छन्।

राईले प्रधानमन्त्री, मन्त्रीहरू,सांसदसहित कोही कसैले राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने प्रतिबद्धता जनाउन सदनमा व्यंग्त्मक संकल्प प्रस्ताव पेश गरे। राईले भने, ‘आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधि सभाका सांसद ज्यूहरू कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने, दिन नपाउने, साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेस गर्न चाहन्छु।’

त्यस्तै ओलीले माफी नमाग्ने हो भने प्रधानमन्त्रीको भनाइ स्वीकार गर्न सत्ता पक्षलाई हस्ताक्षर गर्न चुनौति दिइन्। ‘सदनले हस्ताक्षर सहित भन्नु पर्यो नेपालले भारतको भूभाग मिचेको हो भनेर।

सदनले स्वीकार गर्नु पर्यो। सत्तापक्ष जो यहाँ हुनुहुन्छ उहाँहरु त प्रधानमन्त्रीले दिनुभएको वक्तव्यमा सहमति जनाउनुहुन्छ, ओलीले संसदमा भनिन्, ‘यदि त्यस्तो हो भने हस्ताक्षर सत्तापक्षबाट सुरु गरौँ प्रधानमन्त्रीले भने अनुसार नेपालले भारतको सीमा मिचेको हो भन्ने कुरामा हामी प्रतिपक्ष पनि सही गरेर यो सदनको अवरोध खुलाउनलाई हामी तयार हुन्छौं । होइन भने प्रधानमन्त्री ज्युले दिनुभएको वक्तव्य गलत हो उहाँले यसलाई स्पष्ट पार्नु पर्छ।’

प्रधानमन्त्री शाहले जेठ १७ गते दिएको विवादस्पद अभिव्यक्तिको विरोधमा विपक्षी दलहरुले संघीय संसदका दुवै सदनको काम कारबाही अवरोध गर्दै आएका छन्। मंगलबार पनि दुवै सदन चल्न दिएनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…