अ
+
अ
अ
-
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन्।
मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच गुरुङ र पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
गुरुङ पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृह मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका हुन्।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने स्वतन्त्र सांसद पुन म्याग्दीबाट निर्वाचित भएका थिए।
कार्यक्रममा राष्ट्रपति पौडेल अबेर गरी पुग्दा शथप कार्यक्रम आधा घन्टा ढिला सुरु भएको थियो।
राष्ट्रपति कार्यालय क्षेत्रमा पानी परिरहेकाले मन्त्रीद्वय गुरुङ र पुन एउटै छाता ओढेर शपथ लिन मञ्चमा उक्लिएका थिए।
भर्खरै
लोकप्रिय
