- SPG Automobiles ले iCAUR V23 गाडीलाई पुरानै मूल्य रु. ५०.९९ लाखमा सीमित स्टक अफरमा बिक्री गरिरहेको छ।
- नयाँ गाडीको बजेटपछि मूल्य रु. ५३.९९ लाख भए पनि अफरले ग्राहकहरूलाई ३ लाख रुपैयाँ बचत गराउँछ।
- iCAUR V23 शक्तिशाली ब्याट्री, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, र आकर्षक डिजाइन सहित नेपाली ईभी प्रेमीहरूको रोजाइ बनेको छ।
काठमाडौं — नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले आफ्नो लोकप्रिय मोडल iCAUR V23 मा विशेष ‘सीमित-स्टक’ अफर सार्वजनिक गरेको छ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमा कर तथा राजस्व संरचना संशोधन भएपछि यस गाडीको नयाँ आधिकारिक मूल्य रु. ५३.९९ लाख कायम भएको छ। तर, ग्राहकहरूको उच्च माग र आग्रहलाई ध्यानमा राख्दै कम्पनीले सीमित स्टकका लागि यो गाडी पुरानै पूर्व-बजेट मूल्य अर्थात् रु. ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो।
यो विशेष व्यवस्थाले गर्दा नयाँ गाडी किन्ने सोचमा रहेका ग्राहकहरूले सिधै रु. ३ लाख रुपैयाँ बचत गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर हाल मौजुदा रहेको सीमित संख्याका गाडीहरूमा मात्र लागू हुनेछ। उक्त स्टक सकिए लगत्तै गरिने सबै नयाँ बुकिङ तथा डेलिभरीहरूमा संशोधित नयाँ मूल्य (रु. ५३.९९ लाख) नै लागू हुने समेत कम्पनीले प्रष्ट पारेको छ।
नेपाली बजारमा iCAUR V23 एक आकर्षक लाइफस्टाइल इलेक्ट्रिक एसयूभी (EV) का रूपमा स्थापित भइसकेको छ। यस गाडीमा रेट्रो-प्रेरित आधुनिक डिजाइन, ५९.९३ kWh को शक्तिशाली ब्याट्री क्षमता, २१० मिमीको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र एक पटकको फुल चार्जमा ४०१ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज जस्ता दमदार विशेषताहरू रहेका छन्। आकर्षक फिचर्स र बलियो कार्यक्षमताका कारण यो गाडी नेपाली ईभी प्रेमीहरूको रोजाइमा पर्दै आएको छ।
शारदा समूहको विरासत बोकेको SPG Automobiles नेपालमा OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो।
देशैभर दिगो र अत्याधुनिक गाडीहरू भित्र्याउँदै उत्कृष्ट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको कम्पनीले यस अफरको लाभ लिनका लागि ग्राहकहरूलाई यथाशीघ्र आफ्नो नजिकैको iCAUR शोरुम वा आधिकारिक डिलरशिपमा सम्पर्क गर्न अनुरोध गरेको छ।
भर्खरै
लोकप्रिय
