एनसेलको नख्खु डाटा सेन्टरले पायो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘एएनएसआई/टीआईए–९४२–सी’

एनसेलको नख्खु डाटा सेन्टरले पायो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘एएनएसआई/टीआईए–९४२–सी’
+
-
देशसञ्चार AI सारांश
  • एनसेलको नख्खु डाटा सेन्टरले ‘एएनएसआई/टीआईए–९42’ प्रमाणीकरण प्राप्त गर्दै नेपालकै पहिलो विश्वसनीय डाटा सेन्टर बनेको छ।
  • यसले ९९.९८२% अपटाइम सुनिश्चित गर्न पूर्वाधार प्रदान गर्दछ, टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसनबाट मान्यता प्राप्त संगठनोको मुल्याङ्कनमा आधारित छ।
  • एनसेलको यो उपलब्धिले नेपालकै डिजिटल पूर्वाधार मजबुत बनाउँदै, स्थानीय र अन्तर्राष्ट्रीय प्रमाणित सुरक्षित सेवाहरूको प्रस्तावमा मद्दत पुग्नेछ।

काठमाडौँ ललितपुरको नख्खुमा सञ्चालित एनसेलको अत्याधुनिक डाटा सेन्टर (इन्टिग्रेटेड डाटा सेन्टर–आईडीसी) ले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९4२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ

एनसेल बिजनेसले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो डाटा सेन्टरले यो अन्तर्राष्ट्रिय मान्यता पाएको घोषणा गरेको हो। यो प्रमाणीकरण पाउने यो नेपालकै पहिलो डाटा सेन्टर हो, जसले यसको विश्वसनीयता, सुरक्षा र गुणस्तरको उच्च मापदण्डलाई पुष्टि गर्दछ। सरकारद्वारा सूचीकृत यो डाटा सेन्टर नेपालकै पहिलो सरकारी मान्यता प्राप्त डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि बनेको छ

यो ‘रेटिङ थ्री’ प्रमाणीकरणले एनसेल डाटा सेन्टरको पूर्वाधार अत्यन्तै संवेदनशील र अत्यावश्यक कार्यहरू बिनाकुनै अवरोध सञ्चालन गर्न पूर्ण रूपमा सक्षम रहेको प्रमाणित गर्दछ। पूर्ण रूपमा अतिरिक्त विद्युत आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीका कारण यो डाटा सेन्टरले पूर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि ९९.९८२% सम्म निरन्तर सेवा (अपटाइम) प्रदान गर्न सक्छ। यसको मूल्याङ्कन टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकार प्राप्त संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ ले गरेको हो

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धिलाई एनसेल र नेपालकै लागि एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन्। उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिजिटल पूर्वाधार उपलब्ध गराउन एनसेल प्रतिबद्ध रहेको बताउँदै, अब विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले नेपालमै होस्ट गरिएका सुरक्षित र भरपर्दो सेवाहरूमा ढुक्क भएर भरोसा गर्न सक्ने उल्लेख गरे। यसले सरकारको डिजिटल रूपान्तरणको महत्त्वाकाङ्क्षालाई समेत ठूलो टेवा पुर्‍याउने उनको भनाइ छ

एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयताका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास मानिने आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणीकरण पनि पाइसकेको छ। यसका साथै कम्पनीसँग उच्च गुणस्तरीय सेवा र वातावरणीय व्यवस्थापनका लागि प्रतिष्ठित आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणीकरणहरू पनि रहेका छन्। यी प्रमाणीकरणहरूले कम्पनी डाटा सुरक्षा, सुशासन र न्यूनतम वातावरणीय प्रभावका साथ सेवा दिन प्रतिबद्ध रहेको देखाउँछन्

यो नयाँ उपलब्धिसँगै एनसेल बिजनेसले बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय, तथा साना-ठूला उद्योगहरूलाई सुरक्षित र निरन्तर डिजिटल सेवा दिन आफ्नो क्षमता थप बलियो बनाएको छ। यसले बैङ्किङ कारोबार, अनलाइन सेवा र अन्य महत्त्वपूर्ण प्रणालीहरू बन्द हुने (डाउनटाइम) जोखिमलाई न्यूनतम बनाउँछ। साथै, बलियो ब्याकअप प्रणालीका कारण प्राकृतिक विपत्ति वा साइबर आक्रमणका बेला पनि व्यवसायहरू निरन्तर सञ्चालन हुन मद्दत पुग्नेछ, जसले गर्दा नेपालको डाटा सार्वभौमिकता बलियो हुने र विदेशी पूर्वाधारमाथिको निर्भरता घट्ने विश्वास गरिएको छ

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…