सामसङ नेपालद्वारा विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक: २५% सम्म क्यासब्याक र नि:शुल्क नेटटिभी प्याकेज

सामसङ नेपालद्वारा विश्वकप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक: २५% सम्म क्यासब्याक र नि:शुल्क नेटटिभी प्याकेज
+
-
देशसञ्चार AI सारांश
  • सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै विशेष टिभी अफर सार्वजनिक गरेको छ जसअन्तर्गत आकर्षक क्यासब्याक र साउन्डबार उपलब्ध छन्।
  • विभिन्न टिभी मोडेलको खरिदमा नि:शुल्क NETTV प्याकेज र World Cup Live Subscription को सुविधा समेत प्रदान गरिनेछ।
  • सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ईएमआई योजनामा टिभी खरिद गर्न र पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्।

काठमाडौँ- सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको छ

घरमै रंगशाला जस्तै रोमाञ्चक र इमर्सिभ खेलको अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो आकर्षक योजना ल्याएको हो। ग्राहकहरूले यो विशेष अफरको लाभ सन् २०२६ जुलाई १९ सम्म उठाउन सक्ने सामसङ नेपालले जनाएको छ

यस अफर अन्तर्गत ग्राहकहरूले चुनिएका सामसङ टिभीका मोडेलहरूमा २५ प्रतिशतसम्मको सानदार क्यासब्याक प्राप्त गर्न सक्नेछन्, जसले गर्दा विश्वकपको अवसरमा ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न सहज हुनेछ

खेलको रोमान्चकतालाई थप गुणात्मक बनाउनका लागि कम्पनीले ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूलाई रु. ४९,९९० मूल्य पर्ने साउन्डबार (Soundbar) मात्र रु. ९,९९९ मा उपलब्ध गराउने घोषणा गरेको छ। यस साउन्डबारले स्क्रिनको भिजुअलसँगै शक्तिशाली र उत्कृष्ट अडियो प्रदान गर्नेछ

विश्वकपको लाइभ मज्जा लिन र थप मनोरञ्जनका लागि सामसङले नि:शुल्क ‘वर्ल्ड कप लाइभ सब्सक्रिप्सन’ (World Cup Live Subscription) का साथै १२ महिनासम्मको नि:शुल्क नेटटिभी (NETTV) प्याकेज पनि उपलब्ध गराएको छ

योजना अनुसार QLED र UHD मोडेलको खरिदमा १२ महिनाको नि:शुल्क NETTV प्याकेज पाइनेछ भने FHD र HD मोडेलको खरिदमा ६ महिनाको नि:शुल्क NETTV प्याकेज उपलब्ध हुनेछ। यसले ग्राहकहरूलाई बिना झन्झट लाइभ खेल र अन्य विविध मनोरञ्जनात्मक सामग्रीहरूको आनन्द लिन मद्दत पुर्‍याउनेछ

उपलब्ध टिभी अफरहरूको विवरण यस प्रकार छ:

  • QLED (५५”– ८५”): २५% सम्म क्यासब्याक, नि:शुल्क १२ महिनाको NETTV प्याकेज र World Cup Live Subscription (७५” र ८५” मोडेलमा मात्र रु. ९,९९९ मा साउन्डबार)

  • UHD (४३”–६५”): १०% सम्म क्यासब्याक, नि:शुल्क १२ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

  • FHD (४३”): ७% सम्म क्यासब्याक, नि:शुल्क ६ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

  • HD (३२”): २१% सम्म क्यासब्याक, नि:शुल्क ६ महिनाको NETTV प्याकेज र World Cup Live Subscription

ग्राहकहरूको सहजताका लागि हुलास फिनसर्भ हाएर पर्चेज लिमिटेड (Hulas Finserve Hire Purchase Ltd.) द्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत १२ वा २४ महिनाको ईएमआई (EMI) किस्ताबन्दी योजनामा पनि टिभी खरिद गर्न सकिने व्यवस्था गरिएको छ

यसका साथै पुराना इलेक्ट्रोनिक्स सामान फेरेर नयाँ टिभी लिन चाहनेहरूले ‘अर्कॉस्टोर’ (ArkoStore) मार्फत वा नेपालभर रहेका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेन्ज (Exchange) गर्न सक्नेछन्। यस अफरको विस्तृत जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…