लिफ्टिङ सिँचाइले उत्पादनमा वृद्धि

लिफ्टिङ सिँचाइले उत्पादनमा वृद्धि
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली नदीको पानी सोलार सिस्टम प्रयोग गरी खेतमा सिँचाइ गर्दा उत्पादनमा ४० प्रतिशत वृद्धि भएको छ।

  • तीन करोड तीस लाख खर्च भएको योजनाले ५० हेक्टर जमिनमा सिँचाइ र उत्पादन बढाउने सम्भावना देखाएको छ।

  • सिँचाइको अभावमा वषौं बाँझो रहँदै आएको जमिनमा अब धान, गहुँ, जौ जस्ता बाली लगाउन सकिन्छ।

हुम्ला – हुम्लाको तराईका रूपमा परिचित सर्केगार्ड गाउँपालिका– १ को तुम्चको खेतीयोग्य जमिनमा उत्पादन वृद्धि हुन थालेको छ। कर्णाली नदीको पानीलाई पहिलो पटक लिफ्टिङ प्रणालीमार्फत सिँचाइ गर्न थालिएपछि उत्पादनमा वद्धि भएको हो।

कर्णाली नदीको पानीलाई सोलार सिस्टमबाट पानी तानेर गाउँ माथिको ट्याङ्कीमा जम्मा गरेर खेतमा सिँचाइ गर्न थालेपछि साविकभन्दा ४० प्रतिशतसम्म उत्पादनमा बृद्धि भएको सर्केगार्ड गाउँपालिका– १ का वडा सदस्य उव्जन मल्लले जानकारी दिए।

यसअघि गाउँ नजिकैको सानो खोलाको पानीले सिँचाइ गर्ने गरिएको भए पनि त्यो प्रयाप्त नभएको कारण आकासे पानीको भरमा खेती गर्दा जग्गा अनुसार उत्पादन हुन सकेको थिए। त्यतिबेला सिंमित जग्गामा कुलोबाट सिँचाइ हुने गथ्र्यो। त्यतिवेला तुम्च गाउँका अधिकांश किसान आकाशेपानीको भरमा सिँचाइ गर्थे।

कर्णालीको पानी पहिलो पटक हुम्लावासीले प्रयोग ल्याउन पाएका छन्। तुम्च सिँचाइ योजनाले सोलार प्रर्णालीवाट कर्णाली नदीको पानी एक हजार मिटर लामो जिआई पाइपवाट एक सय पचास मिटर उचाईमा निर्माण गरिएको ट्या«्कीमा पानी खसालेर खेती योग्य जमिनमा सिँचाइ गर्न सुरु गरिएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीको भनाई छ।

लागत अनुमान चार करोड ६२ लाख रहेको सो योजनाको २०७७ साल असार १९ गते सम्झौता भएको थियो। तीन करोड तीस लाख रुपियाँ कुल खर्च भएको उक्त योजनाबाट तीन लाख क्षेमताको ट्याङ्की निर्माण गरेर पानी जम्मा गर्ने र जमिनमा सिँचाइ गर्ने गरिएको छ।
यसै आर्थिक वर्षमा पुर्ण रुपमा काम सम्पन्न भएर सञ्चालनमा आएको हो। कर्णाली नदीबाट सोलार सिस्टमबाट आठ इञ्चको जिआई पाइपबाट पानी तान्ने गरिएको छ। यो सिँचाइबाट पचास हेक्टर तुम्च गाउँको खेती योग्य जमिनमा सिँचाइ गर्ने गरिएको छ। पानी जम्मा गर्ने मुख्य ट्या«्कीबाट वस्तीको दुई तिरबाट पाइपाट जग्गासम्म पानी पठाउने ब्यवस्था गरिएको छ।

यो सिँचाइ सञ्चालनमा आएपछि किसानहरुले समयमै हरेक वालीको खेती गर्न पाएका। छन। यो जग्गामा विशेष गरी मासी धान, गहुँ, जौ, तोरी सिमी कोदो लगाएतका वाली लगाउने गरिन्छ।

यो सिँचाइ नहुनु भन्दा पहिले किसानहरुले आकाशे पानीको भरमा खेती गर्ने भएको कारण कुनै वर्ष जग्गा बाँझो राख्न परेको अनुभव पनि उनले सुनाए। यसअघि केही कम उत्पादन हुने गरेको सो जग्गाबाट प्रति हेक्टर तीनदेखि चार मेट्रिकटन बाली उत्पादन हुन थालेको सो कार्यालयले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…