जनकपुरधाम- मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।
सभामुख रामअशिष यादवले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मतले पारित भएको सदनमा घोषणा गरे ।
जेठ १५ मा आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिपक्षी दलको अवरोधको कारण छलफल हुन सकेको थिएन । नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता भएकोमा सत्तारुढ दल नेकपा एमालेका राजकुमार लेखीको संशोधन प्रस्ताव बाहेक अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको हो ।
नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो ।
भर्खरै
लोकप्रिय
