रास्वपा लुम्बिनी प्रदेश अध्यक्षमा शालिकराम घिमिरे निर्वाचित

रास्वपा लुम्बिनी प्रदेश अध्यक्षमा शालिकराम घिमिरे निर्वाचित
+
-
देशसञ्चार AI सारांश
  • रूपन्देहीका शालिकराम घिमिरेले रास्वपाको लुम्बिनी प्रदेश अध्यक्षको चुनावमा सर्वाधिक मत प्राप्त गरे।
  • पहिलो चरणको मतदानबाट आवश्यक मत नआएपछि गोपाल घिमिरेको समर्थनले शालिकरामलाई निर्विरोध अध्यक्ष बनायो।
  • लुम्बिनी प्रदेशमा जारी अधिवेशनमा सम्पूर्ण प्रदेशभरका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ।

दाङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश अध्यक्षमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी पार्टीका निवर्तमान उपसभापति हुन् ।

दाङको घोराहीमा शनिबारदेखि जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको मतदानमा शालिकरामले सर्वाधिक १ सय ९९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए ।

पार्टीको विधानअनुसार सभापति पदमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । निर्वाचनमा कुल ५ सय ५२ मत खसेकाले कुनै एक उम्मेदवारले निर्वाचित हुन कम्तीमा २ सय ७७ मत प्राप्त गर्नुपर्ने थियो ।

पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचनको तयारी गरिएको थियो । तर दोस्रो स्थानमा रहेका गोपाल घिमिरेले सर्वाधिक मत प्राप्त गरेका शालिकरामलाई समर्थन जनाएपछि दोस्रो चरणको मतदान आवश्यक परेन ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच सहमति भई समर्थन प्राप्त भएकाले दोस्रो चरणको निर्वाचन नगरी शालिकरामलाई प्रदेश अध्यक्ष घोषणा गरिएको जानकारी दिए ।

रास्वपाको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि जारी अधिवेशनमा प्रदेशभरका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…