अ
+
अ
अ
-
काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि इस्कन सम्बद्ध सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले जानकारी दिए।
घटनाको गम्भीर छानबिन भइरहेको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए।
हिन्दू धर्म तथा कृष्णको प्रचार र प्रबर्द्धनका लागि उक्त आश्रम सञ्चालित छ।
भर्खरै
लोकप्रिय
