असारका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन-कुन बैंकले घटाए?

असारका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन-कुन बैंकले घटाए?
+
-
देशसञ्चार AI सारांश
  • अधिकांश वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन्, केहीले गत महिनाकै पुरानै दर कायम राखेका छन्।
  • औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२७ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ३.१८ प्रतिशतमा झरेको छ।
  • विभिन्न बैंकहरूले व्यक्तिगत मुद्धति निक्षेपमा ३.९१ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्मको ब्याजदर प्रस्ताव गरेका छन्।

काठमाडौँ – असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार धेरैजसो बैंकहरूले ब्याजदर घटाएका छन्।

२० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ। जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ३४ प्रतिशत थियो।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३ दशमलव १८ प्रतिशत कायम भएको छ। जेठमा ३ दशमलव २० प्रतिशत थियो।

असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

ब्याजदर घटाएको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३ दशमलव ९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४ दशमलव ७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४ दशमलव ७५ प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ दशमलव ५० प्रतिशत, माछापुच्छ्रे बैंक ४ दशमलव ५० प्रतिशत, सानिमा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल बैंकले ४ दशमलव २५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव २५ प्रतिशत, कृषि विकास बैंकले ४ दशमलव १५ प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव १० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत र सिद्धार्थ बैंकले ४ दशमलव ०५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…