सुकुम्वासीलाई पहिलेकै ठाउँमा राम्रो प्लानिङ गरेर पुनर्वास गरियोस्: हर्क साम्पाङ

सुकुम्वासीलाई पहिलेकै ठाउँमा राम्रो प्लानिङ गरेर पुनर्वास गरियोस्: हर्क साम्पाङ
हर्क साम्पाङ। तस्बिर: बर्षा शाह / देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्वासीलाई पहिले बसेको ठाउँमा सहरी योजना सहित पुनर्वास गर्न माग गरेका छन्।
  • कीर्तिपुरस्थित राधा स्वामी सत्संगमा बसेका सुकुम्वासीले खान र पानीको अभावमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • सरकारले काठमाडौँ महानगरलाई व्यवस्थापनको जिम्मा दिए पनि खाना खुवाउन कुनै संस्थाले सहयोग गर्नुपर्नेबताएको छ।

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विस्थापित सुकुम्वासीलाई पहिले जहाँ बसेका थिए त्यहीँ ठाउँमा राम्रो प्लानिङ गरेर पुनर्वास गर्न माग गरेका छन्।

बुधबारको संसद बैठकमा विशेष समय माग गरेर बोल्दै उनले सुकुम्वासीको बेहाल भएको भन्दै पहिले जहाँ बसेका थिए त्यही ठाउँमा राम्रो सहरी योजना बनाएर पुनर्वास गराउन माग गरेका हुन्। ‘सुकुम्वासीहरू पहिले जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सीटी प्लानिङ (सहरी योजना) गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरी सरकारकै वाहवाही हुने थियो भन्न चाहन्छु’, साम्पाङले भने।

उनले कीर्तिपुरस्थित राधा स्वामी सत्संगमा राखिएका सुकुम्वासीले खाना खान नपाएको, पानीको अभाव रहेकोलगायत विषयलाई पनि संसदमा उठाएका छन्। उनले राहत दिन र व्यस्थित गर्न ढिलाई नगर्न आग्रह गरे।

‘होल्डिङ सेन्टरमा सुकुम्वासीको बेहाल स्थिति छ। कीर्तिपुरमा खाना, पानीको अभाव छ। अभावले झेलिएपछि आन्दोलन गरेको दृष्य देखिरहेका छौँ’, उनले भने ‘राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यस्थित गर्नुपर्छ। पुनर्वास गर्नुपर्छ।’

सोमबार सत्संगमा राखिएका सुकुम्वासीले बिहानको खाना खान पाएनन्। चिउरा खाएर दिन कटाएका थिए। सत्संगमा राखिएका सुकुम्वासीले औषधि उपचारसमेत पाउन सकेका छैनन्।

त्यसको विरोधमा उनीहरू आन्दोलनित छन्। एक हप्तामा व्यवस्थापन नगरे पहिलेकै ठाउँमा नै गएर बस्ने उनीहरूले चेतावनी दिएका छन्।

तर सरकारले व्यवस्थापन गर्न सकिरहेको छैन। खानासमेत कुनै अमुख संस्थालाई जिम्मेवारी दिएको छ। यसले सरकारको लाचारीपन देखाएको छ।

सत्संगमा राखिएका सुकुम्वासीलाई काठमाडौँ महानगरले व्यवस्थापनको जिम्मेवारी लिएको छ। तर खाना खुवाउने पैसा नभएको भन्दै महानगरले संस्थाहरूलाई खाना खुवाउन हात जोडिरहेको छ।

यो पनि–

होल्डिङ सेन्टरमा सुकुम्वासीहरू भोकै छन्, बालेन सरकारले हात उठायो

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…