रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहटको सवारी व्यवस्थापनमा सुधार
+
-
देशसञ्चार AI सारांश
  • रौतहटमा आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा ६५ जनाको मृत्यु भए पनि चालु वर्षमा ४८ जनालाई मात्र गुमेको छ।
  • प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित जाँच र सुरक्षा कडाइका कारण सवारी व्यवस्थापनमा सुधार आएको बताए।
  • रौतहटमा भित्री सडकमा हेल्मेट बिना र मादक पदार्थ सेवन गरी सवारी चलाउने परिपाटीले चुनौती थपेको छ।

रौतहट –  मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घनासहित जनधनको क्षति कम भएको छ।

रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा परी ६५ जनाको मृत्यु भएकामा चालु आर्थिक वर्षको अहिलेसम्म ४८ जनाको ज्यान गएको छ।

सडक दुर्घना न्यूनीकरण तथा रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले आज यहाँ आयोजित ट्राफिक सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले नियमित तथा छड्के जाँचसहित सडकको सुरक्षा व्यवस्था कडाइ गरेकाले सवारी व्यवस्थापनमा सुधार आएको बताए।

उहाँले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सचेतना र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै आपसी समन्वय र सहकार्यसहित अझ बढी खटिएर जनताको जीउधनको सुरक्षामा समर्पित हुन जिल्लास्थित सुरक्षा संयन्त्रको ध्यानाकर्षण गरे।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले प्रहरी प्रशासनलाई छलेर जिल्लाको भित्री सडकमा हेल्मेट नलगाई दु्रत गतिमा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी भार बोक्ने र लागू तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने परिपाटी अझै रहेकाले अपेक्षा गरेअनुसार परिणाम आउन नसकेको स्पष्ट गरे।

रौतहट जिल्लामा विभिन्न आठ वटा कार्यालयमा गरी अहिले ५० देखि ६० जना ट्राफिक प्रहरी कार्यरत रहेको जानकारी दिँदै उनले भने, “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै सरोकार भएका सबै पक्षसँगको सहयोग र सहकार्यमा ट्राफिक व्यवस्थापन गर्दै आएका छौँ। जिल्लामा भएका सडक दुर्घटनालाई विश्लेषण गर्दा विद्यार्थी तथा युवा पिँढी सचेत र सजग हुनुपर्ने देखिन्छ।”

रौतहट जिल्लाको विशेषगरी भित्री सडक तथा सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन गुड्नेक्रम अहिले पनि यथावत रहेकाले चुस्तदुरुस्त सवारी व्यवस्थापनमा केही समस्या रहेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…