नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजक (Co-Sponsor) को रूपमा महत्वपूर्ण सहकार्य गरेको छ।
यस साझेदारीअन्तर्गत नेपाली फुटबल प्रेमीहरूले हिमालय स्पोर्ट्स टिभी र डिगो एप (DIGO App) मार्फत विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन्, जसमा नेपाल लाइफको बलियो उपस्थिति रहनेछ।
यस ऐतिहासिक सहकार्यका बारेमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सवसँग जोडिन पाउँदा कम्पनी गौरवान्वित भएको बताए।
अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउने उनको भनाइ छ।
कम्पनीले यस सहकार्यमार्फत नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साहलाई अझ नजिकबाट अनुभव गराउने लक्ष्य राखेको छ। साथै, यो साझेदारीले नेपाल लाइफको ब्राण्डलाई देशभरका लाखौं खेलप्रेमीहरूसँग थप सशक्त र आत्मीय रूपमा जोड्ने विश्वास समेत कम्पनीले व्यक्त गरेको छ।
भर्खरै
लोकप्रिय
