राष्ट्रिय चलचित्र पुरस्कारबाट मदनकृष्णदेखि नीर शाहसम्म सम्मानित

राष्ट्रिय चलचित्र पुरस्कारबाट मदनकृष्णदेखि नीर शाहसम्म सम्मानित
+
-
देशसञ्चार AI सारांश
  • मदनकृष्ण श्रेष्ठलाई तीन लाख ७५ हजार नगद सहित ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित गरिएको छ।
  • ‘उक्तृष्ट चलचित्र’ का रूपमा ‘उनको स्वीटर’ र नविन चौहानलाई उत्कृष्ट निर्देशकको रूपमा घोषणा गरियो।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्रले अर्थतन्त्र र मौलिक पहिचानलाई बिश्व बजारमा स्थापित गर्न सक्ने बताए।

२०८३ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट कलाकार मदनकृष्ण श्रेष्ठसहित एक दर्जन कलाकारहरू सम्मानित भएका छन्। शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा श्रेष्ठलाई तीन लाख ७५ हजार नगदसहित ‘दीर्घ साधाना सम्मान’बाट सम्मानित गरिएको हो।

त्यसैगरी सम्मानित हुनेहरूमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री  मेनुका प्रधान, निर्माता/प्रदर्शक, डाक्टर सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, चलचित्र निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन, प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे,  पत्रकार स्वर्गीय दिनेश सिटौला रहेका छन्।

हरिहर शर्मा, अरुण गुप्तो,करुण थापा,मिलन चाम्स सरिता गिरी निर्णायक टोलीले ‘उनको स्वीटर’ उत्कृष्ट चलचित्र ठहराएको छ। सोही चलचित्रका नविन चौहन उत्कृष्ट निर्देशक, मिरुना मगर उत्कृष्ट अभिनेत्री रहेको छ। उत्कृष्ठ अभिनेतामा नीर शाह रहेका छन्। उत्कृष्ठ लेखकमा परान चलचित्रका लेखक दिपक प्रसाद आचार्य र यम थापा रहेका छन्। सबैलाई जनही २५ हजारले सम्मान गरिएको छ

राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार हस्तान्तरण गरेका थिए। उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्‍याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुने भन्दै यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तिभर नछाड्न चलचित्रकर्मीलाई आफ्नो सुझाव रहेको बताए।

उनले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…