- जिली महा फुटबल फेस्ट अन्तर्गत ग्राहकले गाडी खरिद गर्दा पेनाल्टी सुटआउट खेलबाट आकर्षक नगद छुट प्राप्त गर्न सक्छन्।
- हरेक सफल गोलमा, जिली EX5 खरिद गर्दा १ लाख र BAW E7 Pro खरिद गर्दा २५ हजार नगद छुट दिइनेछ।
- अभियानमा गाडी खरिद गर्ने ग्राहकहरूलाई वार्षिक अटो बीमा, सवारी कर तथा निःशुल्क चार्जर उपलब्ध गराइनेछ।
काठमाडौँ- नेपालका लागि जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को उत्साहलाई लक्षित गर्दै ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ नामक विशेष ग्राहकमुखी अभियान सुरु गरेको छ।
गैरीधारास्थित जिली शोरुममा आज (असार ५ गते) देखि सुरु भएको यो अभियान असार ९ गते (जुन २३) सम्म सञ्चालन हुनेछ।
यस प्रवर्द्धनात्मक अभियान अन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा पेनाल्टी सुटआउट खेलमा सहभागी भई आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।
शोरुममा तयार गरिएको विशेष फुटबल मैदानमा एलआरआर मोटर्सका बिक्री प्रतिनिधि गोलकिपर रहनेछन् र ग्राहकले प्रहार गरेको प्रत्येक सफल गोलबापत नगद छुट पाउनेछन्।
जिली EX5 खरिद गर्ने ग्राहकले प्रत्येक गोलमा रुपैयाँ १ लाख र BAW E7 Pro खरिद गर्ने ग्राहकले प्रत्येक गोलबापत रुपैयाँ २५ हजार तत्काल नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ।
नगद छुटका अतिरिक्त यो अभियानमा गाडी खरिद गर्ने ग्राहकहरूलाई एक वर्षको अटो प्लस बीमा, एक वर्षको सवारी कर, र निःशुल्क २-इन-१ एडाप्टेबल चार्जर समेत प्रदान गरिनेछ। साथै, शोरुम पुग्ने ग्राहकहरूका लागि भेहिकल-टु-लोड (V2L) कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर, र सहज पार्किङको व्यवस्था गरिएको छ।
सुपर एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडीको आकर्षक मूल्याङ्कन र एक्सचेन्ज लाभ समेत लिन सक्नेछन्।
अभियानको शुभारम्भ गर्दै एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले फुटबलको उत्साह र जोशलाई सवारी खरिद यात्रासँग जोड्न यो अभियान ल्याइएको बताए।
उनका अनुसार यसले ग्राहकहरूलाई मनोरञ्जनका साथै उल्लेखनीय बचतको अवसर दिनेछ। नेपाली बजारमा आधुनिक प्रविधियुक्त जिली EX5 एसयूभीले नयाँ मापदण्ड सेट गरिरहेको र चाँडै सार्वजनिक हुन लागेको BAW E7 Pro पनि किफायती तथा वातावरणमैत्री गाडी खोज्नेहरूका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ।
भर्खरै
लोकप्रिय
