स्काउट स्थापना दिवसमा विराटनगरका मेयर कोइराला सम्मानित

स्काउट स्थापना दिवसमा विराटनगरका मेयर कोइराला सम्मानित
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर महानगरका मेयर नागेश कोइरालाले स्काउट अभियानले युवा पुस्तामा सकारात्मक र सिर्जनशील आकर्षण ल्याएको बताएका छन्।
  • इटहरीमा आयोजित कार्यक्रममा स्काउटलाई जिम्मेवार नागरिक निर्माण गर्ने सशक्त अभियानका रूपमा चर्चा गरिएको थियो।
  • नेपाल स्काउटले प्रदेशभरिबाट उत्कृष्ट योगदान दिने विभिन्न व्यक्ति र संस्थालाई स्थापना दिवसमा सम्मानित गरेको छ।

मोरङ – स्काउट अभियानले अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताएका छन्।

नेपाल स्काउटको ७५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा स्काउट अभियानको प्रवद्र्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर् याएबापत सम्मानित हँुदै मेयर कोइरालाले स्काउट अभियानले युवा पुस्तालाई सकारात्मक तथा सिर्जनशील गतिविधितर्फ आकर्षित गर्न स्थानीय सरकार सधैँ सहकार्यका लागि तयार रहेको बताए।

सुनसरीको इटहरीमा आयोजित सो विशेष कार्यक्रममा मेयर कोइरालाले भने, ‘स्काउट केवल एउटा संगठन मात्र होइन, जिम्मेवार नागरिक निर्माण गर्ने एउटा सशक्त अभियानपनि हो। युवाहरूलाई सामाजिक सेवामा प्रेरित गर्दै नेतृत्व क्षमताको विकास गर्न स्काउटले खेलेको भूमिका अतुलनीय रहेको छ।’

मेयर कोइरालालाई सम्मान गर्दै नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीले स्काउट गतिविधिको विस्तार, युवा नेतृत्व विकास तथा विद्यालय तहमा स्काउट अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन विराटनगर महानगरपालिकाले अहम भूमिका खेलेको बताएका थिए।

भण्डारीले स्काउट अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न स्थानीय तहहरूको सहयोग महत्वपूर्ण रहेको बताए।

स्थापना दिवसका अवसरमा प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्ति, विद्यालय तथा संस्थालाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…